तीन दलको छुट्टाछुट्टै बैठक, एमाले र राप्रपा सरकारबाट हट्ने संकेत

तीन दलको छुट्टाछुट्टै बैठक, एमाले र राप्रपा सरकारबाट हट्ने संकेत

नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपाले आज बिहान बैठक डाकेका छन् । काँग्रेसले बिहान ८ बजे, एमालेले ९ बजे र राप्रपाले पनि  ८ बजे बैठक राखेका हुन् ।

काँग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक एक घण्टा ढिलो भर्खर शुरु भएको छ । बैठक पार्टी मुख्यालय सानेपामा बसेको छ । काँग्रेसको अहिलेको बैठकले राष्ट्रपति उम्मेदवारको निर्णय गर्न लागेको हो । 

यता, एमालेले पनि सचिवालय बैठकबाट राष्ट्रपति उम्मेदवार चयन गर्ने बताइएको छ । साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस १० गते बालकोटमा भएको सहमति हिजो साँझ तोडेकाले पार्टीले आफ्ना मन्त्रीहरू फिर्ता बोलाउने सम्भावना पनि उत्तिकै छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि पार्टी मुख्यालयमा बिहान आकस्मिक बैठक बोलाएको छ । आजको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त तथा आकस्मिक बैठकपछि राप्रपा पनि सरकारबाट बाहिरिने सम्भावना बढेको बताइएको छ ।

टिप्पणीहरू