‘राप्रपा र आमाको रगत’ मा राप्रपाको खण्डन
जनआस्था डट कममा प्रकाशित ‘राप्रपा र आमाको रगत’ शीर्षकको समाचारप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । समाचार चित्त नबुझेको भन्दै पार्टी उपाध्यक्ष हेमजंग गुरुङले आज लिखित खण्डन गरेका हुन् ।
जनआस्थाले फागुन ६ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेनले पार्टीकै एकजना बिचौलियासँग मिलेर ललितपुरमा जग्गा किनेको समाचार सम्प्रेषण गरेको थियो । उक्त समाचारमा लिङ्गदेनले पार्टीको प्रवास कमिटीमा अध्यक्षको जिम्मेवारीमा रहेका गोरखाका प्रेम श्रेष्ठ…