राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति र सभामुखबीच शीतल निवासमा भेटवार्ता

फागुन २८ गते कार्यकाल सकेपछि घर फर्कने तयारीमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज उहाँहरुले भेटघाट गर्नुभएको हो ।

भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराउनुभएको बताइएको छ । आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख फागुन २६ गते बहराइन प्रस्थान गर्ने कार्यक्रम छ ।

आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको राजधानी मनामामा आयोजना हुँदैछ ।

टिप्पणीहरू