कारागारमा कैदी बन्दी कोचाकोच
पञ्चायतकालीन जीर्ण रोल्पा कारागारमा क्षमताभन्दा दोब्बरकैदी बन्दी राखिएको छ । ०४६ सालमा सो कारागार ३५ पुरुष र १५ महिलासहित ५० कैदी बन्दी राख्ने क्षमतासहित निर्माण गरिएको थियो । हाल त्यहाँ १० महिला र १०२ पुरुषसहित ११२ जना रहेको जिल्ला कारागार कार्यालयले जानकारी दिएको छ ।
रोल्पामा कारागार शाखा २०२९ साल चैतमा स्थापना भएको र भाडाको घरमा लामो समय कार्यालय सञ्चालन गरेको उसले २०३९ सालमा १० रोपनी जग्गामा भवन निर्माण गरेको थियो । स्थानीय तिलु मल्लको ७ रोपनी र यज्ञविक्रम मल्लको…