कोशीको मुख्यमन्त्रीमा काँग्रेसका बागी केदार कार्की नियुक्त

कोशीको मुख्यमन्त्रीमा काँग्रेसका बागी केदार कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभा सदस्यहरूको नाम सनाखत गरेपछि कार्कीको पक्षमा बहुमत पुगेपछि मुख्यमन्त्रीमा नियुक्त गरिएको बताइएको छ ।

मुख्यमन्त्रीका लागि माओवादीका इन्द्र आङ्बो र कार्कीले ४७÷४७ सांसदको समर्थन रहेको दाबी पेस गरेपछि बिहान ८ बजेदेखि नाम सनाखत गरिएको हो । सो क्रमम कार्कीले पहिले नै ४७ प्रदेश सभा सदस्य पुर्याएपछि उनलाई मुख्य मन्त्री नियुक्त गरिएको हो । 

यसअघि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार हिजो साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न समयसीमा दिएका थिए ।

टिप्पणीहरू