दुर्गा प्रसाईं,ज्ञानेन्द्र शाही र निकोलस भुसाल एकैतिर

दुर्गा प्रसाईं,ज्ञानेन्द्र शाही र निकोलस भुसाल एकैतिर

सरकारले फागुन २१ तोकिएकै मितिमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न गराउने दावी गरिरहँदा विपक्षी समूहहरु गोलबन्द हुन थालेका छन् । राजसंस्था पुनःस्थापनाको वकालत गर्दै र चुनाव नै हुन नदिने बताउँदै आएका ‘कथित सेलिब्रेटी’हरु एकैठाउँमा देखिन थालेका हुन् । 
 
राष्ट्र,राष्ट्रिय,धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानका नाममा समाज भाँड्ने अभिव्यक्ति दिँदै आएका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाई,सुशीला कार्कीको सरकारमा मन्त्री बन्न लालायित राप्रपा नेता ज्ञानेन्द्र शाही,युटुबमा अन्टसन्ट बोलेर चर्चामा आएका निकोलस भुसाल,धर्मगुरु पुष्कर खतिवडालगायतका समूहहरु एकै ठाउँमा आउन लागेका हुन् । आगामी पुस २७ गते संयुक्त रुपमा राष्ट्रिय एकता दिवस मनाएर संविधान खारेज अभियान चलाउने तयारी गरिएको बुझिएको छ । 

"राजसंस्था चाहिने भन्दै आएका कलाकारद्वय सन्तोष पन्त र राजाराम पौडेल पनि उक्त समूहको सम्पर्कमै रहेको बताइन्छ ।"

मुलुकलाई पृथ्वीपथमा हिँडाउन राजसंस्था चाहिने भन्दै आएका कलाकारद्वय सन्तोष पन्त र राजाराम पौडेल पनि उक्त समूहको सम्पर्कमै रहेको बताइन्छ । त्यस्तै,जेनजी अगुवा भनिने मिराज ढुंगानाको समूहसँग पनि छलफल भइरहेको जानकार स्रोत बताउँछ । 

कुनै न कुनै ढंगबाट निर्वाचनको विपक्षमा रहेका समूहहरु एकै ठाउँमा आउन लागेपछि सरकारमाथि चुनौती थपिएको छ ।

टिप्पणीहरू