ताइवानको प्रश्नमा नेपाल निरन्तर चीनसङ्गै
बिश्व शान्ति स्थापनार्थ खटिने संयुक्त रास्ट्रसँघीय फोर्स कमाण्डरको भूमिका निर्वाह गरिसकेका पूर्व लेफ्टिनेन्ट जनरल बालानन्द शर्मा नेतृत्वको परराष्ट्र मन्त्रालयले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । दुबै मुलुकले गत वर्ष सन् २०२५ मा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजनामार्फत सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा आज परराष्ट्रको बिज्ञप्ती आएको छ ।
विज्ञप्तीमा दुई देशबीच कायम निकटतम पारस्परिक सम्बन्ध,शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त,पुरानो मित्रता र आपसी संवेदनाप्रतिको सम्मानलाई दृढतापूर्वक सम्झना गरिएको छ ।
नेपालले एक चीन सिद्धान्तलाई पूर्ण समर्थन गर्दै ताइवान चीनको अविभाज्य अंग भएको तथ्यलाई बिज्ञप्तीमार्फत दोहोर्याएको छ । उता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि पुस १२ गते राजधानीमा एक विशेष कार्यक्रम आयोजना गरी कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो ।
यसबीच किसानहरुको सीप विकास,नेपाली जनताको दैनिक जीवनसङ्ग अभिन्न रुपमा गाँसिएको शिक्षा,स्वास्थ्य,पर्यटन,पूर्वाधार,यातायात क्षेत्रमा सहयोग,तालिमहरुको अवसर,दैलेखमा उर्जा उत्पादनको सम्भाव्यता अध्ययन,फागुन २१ गते हुन गैरहेको आमनिर्वाचन लक्ष्यित आर्थिक सहायताको बचनवध्दतालगायत चीनका कैयन पक्ष अविस्मरणीय छ ।
टिप्पणीहरू