मन्त्री बस्नेतले एक वर्षमा के गरे त चमत्कार
गाउँठाउँमा राम्रै विकास निर्माणका काम गर्लान् भनेर बाक्साभरि भोट दिई पठाइएका जनप्रतिनिधिले जितेर एक वर्षभित्र सिन्को पनि भाँच्न नसकेपछि अहिले सिन्धुपाल्चोकका जनता पुर्पुरोमा हात राखेर बस्न बाध्य छन् ।
सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट जितेका उनी स्वास्थ्यमन्त्रीसमेत छन् । क्षेत्र नं. १ बाट टिकट नपाएपछि ठाउँ सरेका बस्नेतले जितेर प्रमाणपत्र हात थापेको पनि यही आइतबार ३७८ दिन पुगिसकेको छ ।
यसरी पछुताउनेमध्ये सबैभन्दा बढी सानोसिरुवारीका छन् । चौतारा साँगाचोकगढी नगरपालि…