सरकार र दुर्गा प्रसाईंवीच लिखित सम्झौता हुँदै
विवादास्पद मेडिकल व्यवसायी तथा ‘राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंले सरकारसँग सम्झौता गर्ने भएका छन् । प्रधानमन्त्री कार्यालयमा सम्झौता लगभग तयारी अवस्थामा रहेको बताइन्छ ।
सहकारी,लघुवित्त पीडित,भूमिहीन, सुकुम्बासी,कवाड व्यवसायीहरुसँग सम्बन्धित माग सम्बोधन गर्न सरकारले तयारी थालेको छ । प्रसाईंले बुझाएका मागलाई सरकारले केही बुँदामा समावेश गरेर सम्झौता गर्न लागेको हो ।
सरकारले आफ्नो माग पूरा नगरे देशव्यापी आन्दोलनको चेतावनी दिँदै आएका उनी सम्झौता गरेर भए पनि ‘फेस सेभिङ’ गर्नुपर्ने बाध्यात्मक अवस्थामा रहेको सरकारी अधिकारीहरुको छ । ‘सेफ ल्याण्डिङ’ खोजिरहेका प्रसाईँले प्रधानमन्त्री सुशीला कार्कीको समय मिल्नेबित्तिक्कै सम्झौतामा दस्तखत गर्ने छन् ।उनले बुझाएका २७ बुँदा काटकुट भएर दर्जनमा झरिसकेको बुझिएको छ ।
टिप्पणीहरू