तपाईं हाम्रो सुरक्षा ठूलो कि देशको ?
भदौ २४ गतेको जेनजी विध्वंशका क्रममा सर्वोच्च न्यायालयमा आगजनी, तोडफोड र लुटपाट मच्चाइएपछि स्थगित अदालती सेवा सुचारू हुन एक महिना लाग्यो । न्यायाधीशहरूको सुरक्षाको पूर्ण सुरक्षा प्रत्याभूति नभएकाले सेवा शुरु गर्ने कि नगर्ने भन्ने अन्योलबीच असोज २६ गते सोमबार बसेको फुलकोर्ट (पूर्ण बैठक)ले क्रमिक रूपमा सुनुवाइ थाल्ने निर्णय गरेबमोजिम मंगलबारदेखि रिट दर्ता शुरु भइसकेको छ । तर, नेपाल बारका पदाधिकारीसहित बसेको फुलकोर्ट बैठकमा ‘तत्काल रिट दर्ता खोल्ने कि छठपछि’ भन्नेमा…