मन्त्री बन्नासाथ अपहरणको मतियार बनेको आरोप

मन्त्री बन्नासाथ अपहरणको मतियार बनेको आरोप

नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता विगतका केही विवादित घटनामा संलग्न भएको आरोप लागेको छ । उनीमाथि आफूलाई धर्मगुरु बताउने विजय भण्डारीलाई प्रहरी कारबाहीबाट जोगाउने काममा भूमिका रहेकोदेखि शोभा पाठकको अपहरणसम्ममा  सँलग्नताको आरोप लागेको छ ।

एमाले नेता महेश बस्नेतमाथि वर्षौं यौन शोषण गरेको बात लगाउँदै आएकी उनले आफूलाई अपहरण गरेर पेप्सीकोलाको एउटा अँँध्यारो कोठामा पुर्याइएको दाबी गरेकी छन् । दुर्गा प्रसाईंविरुद्धको मुद्दामा सामेल हुन बब्लुले बस्नेतको निर्देशनमा उक्त कोठामा आफूलाई धम्काएको शोभाको भनाई छ ।

उनीमाथि आफूलाई धर्मगुरु बताउने विजय भण्डारीलाई प्रहरी कारबाहीबाट जोगाएको अर्को आरोप पनि छ । पशुपतिनाथ मन्दिर परिसरमा २०८१ साउन ३१ गते प्रहरीले पक्राउ गर्न लाग्दा गुप्ताले हस्तक्षेप गरेको स्रोतको दावी छ। भण्डारीमाथि विगतदेखि नै आर्थिक अनियमितता र ठगीको मुद्दा दर्ता हुँदै आएको बताइन्छ।

त्यसैगरी,विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक नेतासँग जोडिएका घटनामा पनि उनको नाम जोडिँदै आएको छ । केही विवादास्पद व्यक्तिको पक्षमा उभिएको र संवेदनशील विषयमा सक्रिय भूमिका खेलेको आरोप अस्वीकार गर्दै गुप्ताले आफू समाजसेवा र युवासँग सम्बन्धित काममा सक्रिय रहेको बताउने गरेका छन् ।

भिडियाेका लागि लिंक क्लिक गर्नुहाेस 

https://vt.tiktok.com/ZSUExQxbG/

टिप्पणीहरू