लुम्बिनीका पूर्वविशिष्टहरुको सुविधा खारेज
लुम्बिनी प्रदेश सरकारले पूर्वविशिष्ट व्यक्तिहरुले खाइपाई आएको सेवा-सुविधा खारेज गरेको छ । हिजो बसेको क्याविनेट बैठकले पूर्वविशिष्ट व्यक्तिहरुले पाउँदै आएको गाडी, इन्धन, चालक र पिएसओसहितका सुविधा फिर्ता लिने निर्णय गरेको हो।
०७९ भदौ ३१ गते तत्कालिन सरकारले पूर्वविशिष्ट पदाधिकारीहरुका लागि १० वर्षसम्म त्यस्तो सेवासुविधा उपलब्ध गराउने गरी कार्यविधि बनाएको थियो । तर, प्रदेशमा आर्थिक संकट निम्तिएको जनाउँदै वर्तमान सरकारले उक्त कार्यविधि खारेज गरेको हो ।
प…