एमालेलाई जग्गा दिने निर्णयमा अदालतको रोक्
व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा (एमाले) ले जग्गा लिने निर्णय विरुद्धको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज जग्गा दानको निर्णय तत्काल यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
भ्रष्टाचारमा दोषी ठहर भइसकेका व्यवसायीबाट प्रधानमन्त्रीको सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा दान लिँदा स्वार्थ बाझिने भन्दै अधिवक्ता ज्ञानकुमार बस्नेतले गत बुधबार रिट दायर गरेका थिए । यद्यपि,शुरुमा सर्वोच्चको प्रशासनले उ…