ल्होसार मनाउन लामै बिदा

ल्होसार मनाउन लामै बिदा

पर्साको ठोरी गाउँपालिकाले सोनाम ल्होसार मनाउन तीन दिन बिदा दिएको छ । तामाङ्ग समुदायको प्रमुख पर्व ल्होसारको अवसरमा गाउँपालिकाले आइतबारदेखि मंगलबारसम्म बिदा दिएको हो । 

पालिकामा तामाङ्ग जातिको बाहुल्यता रहेकोले तीन दिन बिदा दिएको पालिकाले जनाएको छ । बिदामा पालिका कार्यालयसहित मातहतका सबै वडा कार्यालय, स्वास्थ्य संस्था र सामुदायिक विद्यालयहरु बन्द रहनेछन् ।

‘यस गाउँपालिका क्षेत्रभित्रका बसोबासीहरुमध्ये तामाङ्ग जातिको बाहुल्यता रहेकोले २८६२ औं सोनाम ल्होसारको पावन अवसरमा मिति २०८२ माघ ४, ५ र ६ गते तीन दिन सार्वजनिक बिदा दिइएको जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

टिप्पणीहरू