हिरासतमा रहेका सभापतिलाई निकाल्न डा.चन्दाको अपील

हिरासतमा रहेका सभापतिलाई निकाल्न डा.चन्दाको अपील

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले हिरासतमा रहेका सभापति रवि लामिछानेलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न गृहमन्त्रीलाई अपील गरेकी छन् । आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले बयान र प्रमाण पेश गरिसकेको अवस्थामा पनि अनुसन्धानलाई लम्बाइएको बताइन् । 

समितिमा रास्वपाबाट सभापति लामिछाने र सांसद कार्की सदस्य छन् । तर अहिले लामिछाने हिरासत पुगेपछि कार्कीले बचाउ गरेकी हुन् । आरोप मात्रै लागेको व्यक्तिलाई लामो समय थुनामा राख्नु न्यायोचित नहुने उनको दावी छ । 

‘गृह मन्त्रालयलाई रविले न्याय पाउनुपर्छ भन्नु कसरी न्यायालय प्रभावित हुन्छ ? आफ्नो बयान र प्रमाण पेश गरिसकेको अवस्था छ’, उनले भनिन्,‘उहाँले कुनै प्रमाण नष्ट गर्नुहुँदैन, गृहमन्त्रीलाई थुना बाहिर राखेर अनुसन्धान गर्न अनुरोध गर्न चाहन्छु ।’

रास्वपाले अनुसन्धानलाई प्रभाव पार्न प्रदर्शन गरेको भन्ने गलत भाष्य स्थापित गर्न खोजिएको आरोप लगाउँदै थपिन्,  ‘त्यो होइन, १२ लाख नेपालीले पत्याएको दलको नेतालाई पक्राउ गर्नु र थुनामा राख्नु नागरिकको चासो पनि हो जनता सडकमा आउनु स्वभाविक हो ।’

टिप्पणीहरू