जाँदा बुद्ध एअर, फर्कंदा सेनाको हेलिकोप्टर
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा राजधानी फर्कनुभएको छ । काँग्रेस कोशी प्रदेशको प्रथम सम्मेलनलाई सम्बोधन गर्न हिजो दिउँसो बुद्ध एअरको विमानमा विराटनगर जानुभएका सभापति देउवा आज नेपाली सेनाको हेलिकोप्टरमा काठमाडौं आइपुग्नुभएको छ ।
हेलिकोप्टरमा साँझ सवा ७ बजे राजधानी आइपुगेको टोलीमा सभापतिसहित गृहमन्त्री रमेश लेखक, ऊर्जामन्त्री दीपक खड्का, पूर्व अर्थमन्त्री डा.प्रकाशशरण महत, महामन्त्री गगन थापा, नेता डा. सशांक कोइराला, राज्य व्यवस्था समितिक…