पूर्वप्रधानमन्त्रीकी नातिनीको ग्राण्ड नर्लिङमा बिहे

पूर्वप्रधानमन्त्रीकी नातिनीको ग्राण्ड नर्लिङमा बिहे
सुन्नुहोस्

पूर्वप्रधानमन्त्री एंव नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालको आज विवाह हुँदैछ । प्रेमी सायुज्य श्रेष्ठसँग उनले लगनगाँठो कस्न लागेकी हुन् ।  

गायिकासमेत रहेकी स्मिताले दुई साताअघि प्रेमी सार्वजनिक गर्दै नयाँ यात्रा शुभारम्भ गर्न लागेकी बताएकी थिइन् । भनेकी थिइन्, ‘तिमी मेरो साथी थियौ, त्यसपछि मेरो माया भयौ र अहिले मेरो जीवनको सहयात्री ।’ 

विवाह समारोह गोकर्णेश्वरस्थित तीन तारे ग्राण्ड नर्लिङ होटल एण्ड रिसोर्टमा हुनेछ ।  समारोहमा विभिन्न राजनीतिक दलका नेताहरु पनि सहभागी हुन लागेको बुझिएको छ ।
 

टिप्पणीहरू