पत्रकारको चुनावमा पनि काँग्रेस र एमाले गठबन्धन

पत्रकारको चुनावमा पनि काँग्रेस र एमाले गठबन्धन

नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सत्तारुढ दलका पत्रकार संगठनहरुबीच गठबन्धन हुने भएको छ । नेपाली काँग्रेसको प्रेस युनियन र एमालेको प्रेस चौतारीले मिलेर चुनाव लड्ने निर्णय गरेका हुन् । 

उनीहरुले भागबण्डासमेत मिलाइसकेको बताइन्छ । दुबै संगठन निकटका केही पत्रकारहरुले सामाजिक सञ्जालमा सार्वजनिक गरेअनुसार महासंघको १३ सदस्यीय पदाधिकारीमा चौतारीका तर्फबाट अध्यक्षसहित पाँच र युनियनले आठ पद लिने सहमति भएको छ ।  

त्यस्तै प्रदेशतर्फ कोशी, मधेश, कर्णाली र उपत्यकाको अध्यक्ष चौतारीले र बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम, एसोसियट र प्रतिष्ठानको अध्यक्ष युनियनले लिनेगरी भागबण्डा मिलाइएको छ । ४१ जिल्ला अध्यक्ष युनियन र ३६ जिल्ला अध्यक्ष चौतारीले लिने सहमति भएको छ । 

यता, विपक्षी गठबन्धनका तर्फबाट माओवादी निकट प्रेस सेन्टर नेपालका वरिष्ठ उपाध्यक्ष कमल गिरीलाई अध्यक्षमा अघि सारिएको छ । गिरीको संयुक्त प्यानलमा प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन नेपाल, क्रान्तिकारी प्रेस सङ्गठन, जनपत्रकार सङ्गठन नेपाल, प्रगतिशील पत्रकार सङ्गठनले मिलेर उम्मेदवारी दिएका छन् । 

पत्रकार महासंघको यहि मंसिर २८ गते हुने निर्वाचनको निम्ति मनोनयन आज तोकिएको छ ।

टिप्पणीहरू