भित्रभित्रै यहाँ जे जे हुँदैछ
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सक्रिय राजनीतिमा फर्किन लागेको चर्चा लामो समयदेखि चलिरहेको छ । दुई कार्यकाल देशको सर्वोच्च पदमा पुगेका उनीहरूलाई राजनीतिमा पुनरागमन गराउन एमाले र माओवादी केन्द्रमा बहस र प्रयास उत्तिकै छ ।
सुरक्षा र सहयोगीहरुको बासका निम्ति घरभाडाबाहेक सरकारी सुविधा नलिएका र राजनीतिक कार्यक्रममा उपस्थिति जनाइरहेका भण्डारी र पुन पार्टीमा फर्किन इच्छुक रहेको देखिन्छ । राष्ट्रपति चुनिनुअघि एमाले उपाध्यक्ष रहेकी भण्डारी…