रुपन्देहीमा ५० जना प्रतिवादी, लामिछानेसँग चार करोड बढी दाबी
जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा दायर गरेको छ । लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर आज जिल्ला अदालतमा पूरक अभियोजन दर्ता गरिएको छ ।
उक्त सहकारी ठगी प्रकरणमा यसअघि २८ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलगायतलाई पनि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिलको कार्यालयका सहायक न्यायाधीवक्ता उमाकुमारी क…