अमेरिकामा टिकटक हिजो बन्द,आजै खुल्ला
कार्यकालको अन्तिममा अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको चिनियाँ सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध आज हटाईंदै छ । राष्ट्रपति बाइडेनले एक दिन कार्यकाल बाँकी छँदा हिजो उक्त घोषणा गरेका हुन् ।
नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आज सोमबार पदभार ग्रहण गर्दैछन् । शपथपछि राष्ट्रपति ट्रम्पले विशेषाधिकार प्रयोग गर्दै टिकटकमाथिको प्रतिबन्ध खुलाउने बताएका छन् ।
अमेरिकी नयाँ पुस्तामाझ लोकप्रिय सामाजिक टिकटकले आफूलाई पुनः अमेरिकी राष्ट्रपतिमा निर्वाचित गराउन सहयोग प…