एमालेमाथि हमला गरेमा फनक्क घुमेर हान्नुस्: ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमाथि हमला गर्नेहरुलाई फनक्क घुमेर हान्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । एमाले डराउँछ भन्ने भ्रममा नपर्न आग्रह गर्दै उहाँले जस्तोसुकै हमलाबाट पनि एमाले नभाग्ने बताउनुभएको हो ।
पार्टी निकट स्थानीय विकास विभागले आज च्यासलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले बारा घटनाको सन्दर्भ औँल्याउँदै सरकारको हस्तक्षेपविरुद्ध कडा प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई आदेश समेत दिनुभयो । ‘बारामा होस् वा जुनसुक…