रावलपछि राईको पालो !
नेपाली कम्युनिष्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकताको तयारी अन्तिम चरणमा पुगेको छ । शीर्ष नेताबीचको चरणबद्ध छलफलपछि जसपा नेकपामा समाहित हुन तयार भएको छ ।
नेकपासँग एकताको विषयमा औपचारिक निर्णय गर्न जसपाले दिउँसो केन्द्रीय कार्यकारिणीको बैठक बोलाएको छ । साढे २ बजे ग्वार्कोमा भेला हुन लागेका जसपाका नेताहरु मध्ये अधिकांश एकताको पक्षमा रहेको बताइन्छ । यद्यपि, कतिपयले भने ‘हतारमा एकता नगरौँ’ भनेको पार्टीकै नेताहरु बताउँछन् ।&nbs…