सिमरा काण्डपछि एमालेको सचिवालय बैठक
फाइल फाेटाे
एमालेले सचिवालय बैठक बोलाएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा भोलि दिउँसो १ बजे सचिवालय बैठक राखिएको जानकारी दिइएको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बैठकमा मंसिर २७, २८ र २९ गते हुने महाधिवेशनको तयारीबारे छलफल हुने कुरा छ । एमालेले मंसिर १३ गते देशैभर एकैदिन प्रतिनिधि छनोट गर्दैछ ।
यता पार्टीले बाराको परवानीपुरमा आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन जाँदै गरेका महासचिव शंकर पोखरेल तथा पोलिटब्युरो सदस्य महेश बस्नेत काठमाडौंमै रोकिएका छन् । पोखरेल र बस्नेत आउने थाहा पाएपछि जेन जी भनिएको समूहले विरोध गर्दा स्थानीय एमाले नेता तथा कार्यकर्तासङ्ग झडप भएको थियो । एमाले नेताहरु सवार सिमरा जान लागेको बुद्ध एअरको विमान काठमाडौंमा रोकिएको छ ।
टिप्पणीहरू