महेश बस्नेतलाई रोक्न खोज्दा विमानस्थलमा लफडा
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य महेश बस्नेतविरुद्ध बारामा जेनजी युवाहरुले नाराबाजी गरेका छन् । पार्टीले आयोजना गरेको प्रदेशस्तरीय जागरण अभियानमा सहभागी हुन बस्नेत त्यहाँ पुग्न लागेको थाहा पाएपछि जेनजी युवाहरुले सिमरा विमानस्थल घेराउ गरेका हुन् ।
पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्र बनेका बस्नेतलाई स्वागत गर्न हालै एमालेमा फर्किएका किसान श्रेष्ठसहितका नेताहरु विमानस्थल पुगेका छन् । तर विमानस्थलबाहिर भने जेनजी युवाहरुले चर्को नाराबाजीसहित विरोध जनाइरहेका छन् । अहिले सामान्य झडप समेत भएको बताइएको छ ।
सम्भावित सुरक्षा खतरालाई मध्यनजर गरेर ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएकाे छ ।
टिप्पणीहरू