प्रचण्ड प्रतिपक्षमा, माओवादी सत्तामा !
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड यतिबेला सरकारमा छैनन् । त्यसो त उनको पार्टीका कुनै पनि सांसदले अहिले कुनै पनि मन्त्रालय सम्हालेका छैनन् । प्रचण्डले सार्वजनिक रुपमै अभिव्यक्ति दिने गरेका छन्, ‘हामीलाई सरकारमा जान कुनै हतार छैन, हामीलाई जनता नै प्यारो छ, जनतामैं जान्छौँ ।’
माओवादी केन्द्र संघीय सरकारमा मात्र होइन, प्रदेश सरकारमा पनि छैन । तर, ऊ सत्तामा हुँदा राजनीतिक नियुक्ति खाएका केही व्यक्ति संवैधानिक संस्था, नियोग, आयोग, प्रतिष्ठानको अध्यक्ष पदमै छन् । उनीहरूला…