माओवादीभित्रै सांसदहरुको कित्ताकाट, दलका नेतामाथि संगीन आरोप
सुदुरपश्चिममा जस्तै मधेश प्रदेशमा पनि माओवादी केन्द्र संसदीय दलको नेता फेर्ने खेल शुरु भएको छ । नौ जना प्रदेशसभा सदस्यमध्ये सात जनाले भरतप्रसाद साहलाई दलको नेताबाट हटाउन अविस्वासको प्रस्वाव पेश गरेका छन् ।
सांसदहरु फकिरा महतो, जवाहर कुशवाहा, राजी हैदर, सुनिता यादव, माला कुमारी कर्ण र रहबर अन्सारीले आज उपनेता युवराज भट्टराईलाई अविश्वासको प्रस्ताव बुझाएका हुन् । उपनेता भट्टराईसमेत साहलाई दलको नेताबाट हटाउनुपर्ने पक्षमा उभिएका छन् ।
साहमाथि आफूहरुको विश्वा…