गुडिरहेको मोटरसाइकललाई पानी ट्याङ्करको ठक्कर, महिलाको घटनास्थलमा निधन
थापाथलीमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । गुडिरहेको मोटरसाइकललाई पछाडिबाट पानी ट्याङ्करले ठक्कर दिँदा मोटरसाइकलमा सवार महिलाको घटनास्थलमा प्राण गएको बताइएको छ ।
आज मध्यान्ह माइतीघरबाट थापाथलीतर्फ जाँदै गरेको बा.२८ प ४८६७ नम्बरको मोटरसाइकललाई पछाडिबाट जाँदै गरेको मधेश प्रदेश ०३–००१ क २५१९ नम्बरको पानी ट्याङ्करले ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकलको पछाडि सवार करिब ४५ वर्षकी महिलाको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकल चालकलाई उपचारार्…