समाचार

महाङ्काल मन्दिरको चारैतिर परम्परागत शैलीको सत्तल

काठमाडौं महानगरपालिकाले टुँडिखेलस्थित महाङ्काल मन्दिर परिसरको चौघेरामा सत्तल पुनःनिर्माण थालेको छ । सत्तल निर्माणको महानगरकी उपप्रमुख सुनिता डंगोलले आज जग पूजा तथा शिलान्यास गरेकी हुन् ।  परम्परागत शैलीमा चौघेरा सत्तलको पुनःनिर्माण थालिएको जनाउँदै उपमेयर डंगोलले मन्दिरको मौलिक शैली तस्बिरमा मात्र नभई वास्तविकतामा उतार्न लागिएको बताइन् । उनले भनिन्, ‘काठमाडौँका सम्पदाको प्राचीनता र मौलिकता तस्बिरमा होइन, वास्तविकतामा हेर्न मिल्ने बनाउँदैछौँ ।’   …

Page 617 of 2012