सुनिता थापालाई सांसद बनाउने काँग्रेसको निर्णय
नेपाली कांग्रेसले गण्डकी प्रदेशमा रिक्त सांसद पदमा सुनिता थापालाई अघि सारेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिकको बन्दसूचीमा नाम रहेकी उनलाई सांसद बनाउने निर्णय गरेको हो ।
समानुपातिकतर्फको आदीवासी तथा जनजाती कलस्टरबाट प्रदेश सभा सदस्य रहेकी विमला गौचनको कात्तिक २९ गते निधन भएपछि उक्त पद रिक्त थियो । जसमा स्याङ्जाकी सुनितालाई पठाउने निर्णय भएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
त्यस्तै, बैठकले उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनित गर्ने सभापति देउवाको प्रस्ताव अनुमोदन गरेको छ ।
टिप्पणीहरू