शुरु भयो ‘हेल्लो हेल्थ’ सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘हेल्लो हेल्थ’ सेवा शुरु गरेको छ । स्वास्थ्य सेवासम्बन्धी गुनासो सुन्न मन्त्रालयले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।
आम नागरिकले मन्त्रालय तथा मातहतका निकायसँग सम्बन्धित गुनासोहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट पठाउन सक्ने जनाइएको छ । टोल फ्री नम्बर १११५ मा सम्पर्क गरेर वा ९८५१३३०५९२ मा म्यासेज गरेर गुनासो टिपाउन सक्ने मन्त्रालयले जानकारी दिएको छ । प्राप्त गुनासोको समाधान खोजिने मन्त्रालयको प्रतिबद्धता छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्यसम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णय गरेका थिए । सोहीअनुसार मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डा.अनुप बाँस्तोलाको संयोजकत्वमा मंसिर १४ गते एकाइ गठन गरिएको हो ।
सो एकाइले आवश्यक तयारी गरेर सेवा सञ्चालनमा ल्याएको छ ।
टिप्पणीहरू