समाचार

​चकित पार्ने चिनियाँ चाला

चिसो कूटनीतिमा निकै माहिर मानिन्छन् चिनियाँहरु । हुन पनि उनीहरुको एउटा शैली सबैलाई चकित पार्ने खालको रहेछ । पहिला–पहिला आफूकहाँ आउने र आफूले गएर भेट्ने ठाउँका मान्छेलाई मिष्ठान्न भोजन र आकर्षक उपहार दिएर खुशी पार्थे । तर, अहिले आफ्नो शैली नै फेरेका छन् । हिजो आज कुनै पनि उच्चस्तरीय चिनियाँ आफ्नो भ्रमण शुरु हुनुअगाडि नै ठूलो संख्यामा व्यापारीहरुको टोली पठाइदिने र उनीहरुले गर्ने व्यापारिक छलफल, सम्झौता, गतिविधि र स्थानीय सामानहरुको खरिदका माध्यमबाट वातावरण आफूअनु…