सबै पत्रकार, अब सावधान !
नेपालमा दण्ड सजायँको ऐन पहिलेदेखि नै थियो तर त्यसको बान्की पढ्दा, सुन्दा भने अहिले हाँसोको फोहोरा छुट्छ । त्यसलाई विस्थापित गर्न संसद्बाट पारित एउटा ऐन पोहोर २०७४ असोज ३० गते राष्ट्रपतिद्वारा प्रमाणित भइसकेको छ, जुन आगामी भदौ १ देखि लागू हुनेछ । मुलुकी ऐन २०१९ मा एउटा दाँत झार्नेलाई दण्डस्वरुप तीन सय रुपैयाँ तिराउने व्यवस्था थियो । उक्त ऐनको ११ नम्बर महलमा लेखिएको छ, ‘कुटपिट गरी नीलडाम पारेमा एक निलको १०० रुपैयाँका दरले १२ सय रुपैयाँ नपुगेसम्म जरिवाना गर्ने ।&rs…