युरोपको पैसा, जैसेको तैसा
सरकार तथा संवैधानिक अंग र युरोपियन युनियनबीचको द्वन्द्वले गर्दा कतिपय अन्तर्राष्ट्रिय गैरसरकारी संस्था मुलुक छाडेर जाने तयारीमा छन् । यता इयूकै हस्तक्षेपपूर्ण रवैयाका कारण झस्किएको सरकार अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाप्रति कडाइसाथ प्रस्तुत हुने तयारीमा छ ।
नेपालमा कार्यरत गैरसरकारी संस्थाका गतिविधि, लगानी र उठबसबारे सूक्ष्म अध्ययन गरी नियन्त्रणकारी नीति सुझाउन प्रधानमन्त्री कार्यालयले कार्यदल बनाउन लागेको छ । साम्प्रदायिक, जातीय, धार्मिक, क्षेत्रीय र कतिपय अलगाववादी गतिविधिलाई बढाव…