ब्यारेकभित्र विष्फोट
महाराजगञ्जस्थित त्यही चर्चित भैरवनाथ गण हो, जहाँ सशस्त्र द्वन्द्वकालमा थुनिएका माओवादीका ४७ भाइको अझै अत्तोपत्तो छैन । त्यही नाममा सेना पटक पटक बद्नाम भइरहन्छ । अहिले त्यही ब्यारेकभित्र हाते बम (ग्रिनेड) पड्किएर एक महिला सिपाही (दिपिका बस्नेत) मरणासन्न अवस्थामा पुगेकी छन् । उनको आँखा र हातमा गम्भीर चोट लागेको छ । ती महिलाको उपचार व्यवस्थापन नहुँदै त्यही गणमा कार्यरत एकजना सिपाही ज्यानमारा केस लागेर समातिएका छन् । कमाण्ड कन्ट्रोल फितलो हुँदा, माथिल्लो दर्जाका मान्छेले आफन्तलाई व्यारे…