कोसिस गर्दा पनि नबनेको काम
देउवा सरकारले जाँदाजाँदै फत्ते गर्न नभ्याएको एउटा कामको चर्चा हो यो । र, देखाउन खोजिएको कुरा के हो भने कुनै एक मान्छे हुँदा र नहुँदा त्यसले कहाँ, कस्तोसम्म प्रभाव पार्न सक्छ । प्रसंग राष्ट्रिय वाणिज्य बैंकमा एनआइडिसी (नेपाल औद्योगिक विकास निगम) गाभिने विषयको हो । यी दुई संस्था मर्ज हुने सम्झौता भएर राष्ट्र बैंकमा अन्तिम स्वीकृतिका लागि फाइलसमेत पेश भइसकेको छ ।
यसमा के कोसिस थियो भने नयाँ बन्ने संयुक्त बोर्डमा आरजु म्याडमले आफूखुशी सदस्य मनोनीत गर्ने । तर, रिपोर्टमा ‘सर…