मनोहरा पुलमा विप्लव समूहको नाराबाजी
काठमाडौं र भक्तपुर जोड्ने अरनिको राजमार्गस्थित मनोहरा पुलमा नेकपा विप्लव समूहले नाराबाजी गरेको छ । आज बिहान कार्यालय समयमा गरिएको नाराबाजीले सवारी साधनको आवागमन अवरुद्ध भएको बताइन्छ ।
जडिबुटी नजिकैको मनोहरा पुलमा उनीहरुले बिहान साढे १० बजेको समयमा नाराबाजी गरेका थिए । पार्टीका भक्तपुर जिल्ला सेक्रेटरी ऐनबहादुर शाहीको नेतृत्वमा झण्डै एक दर्जन नेता तथा कार्यकर्ताले मुश्किलले एकाध मीनेट नाराबाजी गर्दै सवारी आवागमन अवरुद्ध पारेका हुन् ।
लगत्तै प्रहरी टोल…