‘एआई’ टिम बनाउँदै बालेन
काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले कृत्रिम बौद्धिकता (एआई)को छुट्टै टिम बनाउन लागेका छन् । उनले ‘एआई कन्साेर्टियम’ टिम बनाउन लागेका हुन् ।
एआईको सहयोगमा महानगरको कामलाई सहज बनाउने उद्देश्यसहित बालेनले विभिन्न आइटी विज्ञ र अनुभवीहरुसँग आन्तरिक छलफल गरिरहेको बताइन्छ । उनले मंसिर १४ गते त्यस्ता व्यक्तिहरुसँग महानगरकै कार्यालयमा छलफल समेत आयोजना गरेको बुझिएको छ ।
डेटा साइन्स, सफ्टवेयर डेभलपमेन्ट, डिजिटल गभर्नेन्स लगायतका क्षेत्रमा क…