एनपीएलमा आज दुई खेल हुँदै

एनपीएलमा आज दुई खेल हुँदै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । पहिलो खेलमा चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दैछन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने पहिलो खेल बिहान ११:४५ र दोस्रो खेल दिउँसो ४ बजे हुनेछ ।

दुवै टोली चितवन र काठमाडौं आज तेस्रो जितको खोजीमा हुनेछ । हाल चितवन तीन खेलबाट चार अङ्क जोड्दै अंकतालिकाको चौथो स्थानमा रहेको छ भने एक खेल बढि खेलेको काठमाडौं समान ४ अंकको साथ चौथो स्थानमा रहेको छ ।

यता विराटनगर भने आजको खेल जित्दै शीर्ष स्थानको सुदूरपश्चिम रोयल्ससँग अंक बराबरी गर्ने लक्ष्यमा हुनेछ । विराटनगर हाल ४ खेलबाट ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । एक खेल कम खेलेको कर्णाली दुई अंकको साथ पाँचौ स्थानमा रहेको छ । आजको खेलमा पराजित भएको खण्डमा कर्णालीको प्लेअफ पुग्ने सम्भावना कठिन बन्नेछ ।

गत सिजन कर्णालीले विराटनगरलाई ७ रनले पराजित गरेको थियो ।

टिप्पणीहरू