जेन जी विध्वंशमा जेलबाट फरार थुनुवा मृत फेला

जेन जी विध्वंशमा जेलबाट फरार थुनुवा मृत फेला

गत भदौ २४ गतेको जेन जी विध्वंशमा दाङको तुलसीपुर कारागारबाट फरार थुनुवा नेपालगञ्जमा मृत अवस्थामा फेला परेका छन्। नेपालगञ्जको रुकुमेली होटलमा अचेत अवस्थामा भेटिएका व्यक्ति २७ वर्षीय देवराज देवकोटा रहेको बाँके प्रहरीले जनाएको छ।

दाङको तुलसीपुर–१८, हेमन्तपुरका उनी लागुऔषध सम्बन्धी मुद्दामा पूर्पक्षका लागि थुनामा थिए। त्यसबीचमा भएको विध्वंशमा कारागारबाट फरार नेपालगन्जको एक होटल कोठामा बेहोस अवस्थामा भेटिएका उनलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए। 

देवकोटाको शव भेरी अस्पतालमा परीक्षणका लागि राखिएको छ । घटना, घटनास्थलबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 

टिप्पणीहरू