समाचार

​बालिका ‘बलात्कार’ मा अर्का सैनिक पक्राउ

दुई महिना नबित्दै फेरि अर्का सैनिक प्रहरी खोरमा पुगेका छन् निलम्बित मेजर प्रभवविक्रम शाहकै शैलीमा आठ वर्षीया बालिकालाई जबर्जस्ती गर्न खोज्दा । बागबजारस्थित भर्खरै अवकाशप्राप्त तीनतारे जर्नेल बलदेव राजमहतको घर रेखदेख गर्ने जिम्मेवारी पाएका हुद्दा ज्ञानबहादुर गुरुङको हो यसरी मति बिग्रिएको ।  श्रीमती र एक छोरी साथैमा रहेका नुवाकोटे गुरुङले सोही घरमा डेरा गरी बस्ने आठ वर्षे बालिकामाथि गिद्धेनजर लगाएका थिए । १२ गते शनिबार बालिकाको स्कुल बिदा, उनी दाउ हेरेर बसिरहेका थिए । …

Page 1026 of 1047