समाचार

हुरीले उडायो कभर्डहलको छानो

ताप्लेजुङमा जेठ २ गते राति चलेको हावा हुण्डरीले फुङ्लिङ नगरपालिकास्थित कभर्डहलको भवनको छाना उडाएको छ । स्थानीय बासिन्दाका तीन घरका छाना पनि उडाएर भत्काएको छ । बालीनाली र बोटबिरुवामा समेत क्षति पुगेको छ । फुङ्लिङ नगरपालिका–६ र ९ को सिमानामा रहेको फुङ्लिङ बजार नजिकको खोल्सीमा एक परिचय खुल्न नसकेकी महिलाको शव शनिबार बिहान फेला परेको छ । शव पहिचान गर्न सकिएको छैन । शव अहिले जिल्ला अस्पतालको शवगृहमा राखिएको छ ।

Page 1023 of 1071