​यो के अचम्म हो यस्तो

जिल्ला न्यायाधीशका लागि हालै लिइएको परीक्षामा कानुन व्यवसायी कोही पनि पास भएनन् । वकालती पेशाका मानिसहरूको लागि छुट्याइएको १५ सिटमा भिडेका सबै जना फेल भए । त्यसले व्यक्तिको क्षमता, योग्यता त देखायो नै तर उनीहरू अहिले फेरि उच्च अदालतको न्यायाधीशमा भिड्ने तयारीमा छन् । तल्लो तहमा ‘अनफिट’ भएका अब माथि कसरी ‘फिट’ होलान् ?

प्रश्न के पनि उब्जिएको छ भने वकालती पेशामा रहेकाहरूको क्षमता नै कमी हो वा उनीहरूलाई सेक्ने उद्देश्यले प्रश्नपत्र नै जटिल बनाइएको थियो ? यसअघि ०४७ सालको संविधानले कानुन व्यवसायीलाई पनि न्यायाधीशमा जान बाटो खुला गरिदिएको हो । त्यसबेला पुनरावेदन अदालतका लागि वकिलहरूले जाँच दिए । तिनैमध्येका हुन् अहिलेका प्रधानन्यायाधीश गोपाल पराजुली अनि दीपकराज जोशी, चोलेन्द्र समशेरसमेत जो क्रमशः प्रधानन्यायाधीशको लाइनमा छन् । वकालती पृष्ठभूमिकै सपना मल्ल प्रधान, प्रकाशमान सिंह राउत, हरिकृष्ण कार्कीहरू पनि प्रधानन्यायाधीश बन्दै छन् । तर, विडम्बना, अदालतबाटै उठेकाहरूचाहिँ रोलक्रममै छैनन् ।

लोकसेवाको जाँच पास गरेकाहरू शारदाप्रसाद घिमिरे, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ सर्वोच्चको न्यायाधीशबाट बिदा हुँदैछन् । ०४८ सालमा कांग्रेसका कानुनमन्त्री तारानाथ रानाभाटले पुनरावेदनको न्यायाधीश बन्न वकिललाई बाटो खुला गरिदिएका हुन् । त्यही मौकामा न्यायाधीश बनेकाहरू छिटोछिटो सर्वोच्चमा पुगे । तर, पहिलोचोटि जिल्लामा अवसर दिँदा पनि अहिलेका वकिलहरूचाहिँ हेरेको हे¥यै । 

टिप्पणीहरू