पावर बिनाको बिगसिक्स हुँ म
जीवनको ३३ वर्षभन्दा बढी समय बालबालिका र कैदीबन्दीका निम्ति आवाज उठाउँदै आएकी इन्दिरा राना मगर अहिले फरक भूमिकामा अर्थात् संसदकी ‘आमा’को भूमिकामा छिन् । २२ वर्षअघि दुई वटा कोठा भाडामा लिएर कैदीबन्दीका असहाय सन्तानलाई लालनपालन गर्न थालेकी उनले यो अवधिमा २ हजारभन्दा बढीलाई लालनपालन र शिक्षा–दीक्षा दिइन् । झापा, अर्जुनधारामा जन्मिएकी उनको प्रेरणाकी स्रोत साहित्यकार पारिजात हुन् । उपसभामुखको भूमिकामा रहँदै गर्दा उनीमाथि मानवतस्करीजस्तो गम्भीर अपराधको आरोप पन…