झण्डै ५० पालिकाको बैंक खाता बन्द, सेवा प्रवाह ठप्पको अवस्था
नयाँ आर्थिक वर्ष २०८१/०८२ प्रारम्भसँगै संघ, प्रदेश र स्थानीय तहको नयाँ बजेट कार्यान्वयनमा जानुपर्ने संवैधानिक व्यवस्था छ । अहिले संघ र प्रदेशको बजेट कार्यान्वयनको चरणमा गएपनि अधिकांश स्थानीय तहको बजेट अन्योलमा छ।
नयाँ आर्थिक वर्ष प्रारम्भ भएको एक साता बितिसक्दा समेत मुलुकभरका चार दर्जनबढी स्थानीय तहले बजेट ल्याएका छैनन् । सात सय ५३ वटा स्थानीय तहमध्ये ४९ पालिकाले अझै बजेट नल्याएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
अन्तरसरकारी वित्त व्यवस्थाप…