अपराध

श्रीमती कुटेर मार्ने श्रीमान पक्राउ

श्रीमतीलाई कुटेर मारेको अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । श्रीमती कुटेर मारेको आरोपमा प्रहरीले सुनसरीको धरान उप-महानगरपालिका-१५ का ४१ वर्षीय महेन्द्र राईलाई पक्राउ गरेको छ । उनले ३४ वर्षीया श्रीमती छुङकु मगर (राई) लाई कुटपिट गर्दा मृत्यु भएको प्रहरीले बताएको छ । कार्तिक १८ गते बेलुका ६ बजेको समयमा छुङकु र उनको श्रीमान राईवीच कुटपिट भएको थियो । त्यसबेला घाइते भएकी छुङकुलाई घरमै सामान्य उपचार गरेर राखिएको थियो । तर उनी सिकिस्त बन्दै गएपछि २२ गते थप उपचारको…

Page 252 of 263