सप्तकोशीबाट हाम्फाल्नेको अझै पत्तो छैन
सप्तकोशीको पुलबाट हाम्फालेर बेपत्ता भइरहेका एक जना व्यक्तिको खोजी आज पनि जारी छ । चतरा पुलबाट सप्तकोशीमा हाम्फालेर बेपत्ता हुने सुनसरी धरान उपमहानगरपालिका १५ का ६४ वर्षीय गजेन्द्र राई रहेको खुलेको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गत सप्तकोशीको पुलमा टहल्दै गरेका उनी हिजो एक्कासी कोशीमा हाम्फालेका थिए । हाम्फालेको देख्ने बित्तिक्कै टहल्ने व्यक्तिहरुले प्रहरीलाई खबर गरेका थिए ।
खबर पाएलगत्तै सशस्त्र प्रहरी बेस क्याम्प र ईलाका प्रहरी कार्यालय रामपुरको खोजीटोली उध्दारमा जुटे पनि उनलाई फे…