जान खोजेको अमेरिका,पुगे प्रहरी खोरमा
इडिभी भिसाको लागि अमेरिकी दूतावासमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अभियोग लागेका तीन जना राजधानीबाट पक्राउ परेका छन् ।
नेपालस्थित अमेरिकी दूतावासले इडिभी २०२१ मा नाम निस्किएपछि भीसा प्रक्रियामा आवश्यक शैक्षिक योग्यता प्राप्त नगरेका केही व्यक्तिले दश जोड दुई कक्षाको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको तथ्य खुल्न आएपछि उनीहरु पक्राउ परेका हुन् ।
सोसम्बन्धमा अमेरिकी दूतावासले उपलब्ध गराएको सूचनाको आधारमा जीवन कार्की,नवीन दराई र शिव रोक्कालाई महानगरीय अपराध महाशाखा काठमाडौंब…