जग्गा बिक्रीमा किर्ते गरेर पछिल्लो खरिदकर्ताको ७० लाख झ्वाम
बिक्री भइसकेको जग्गा पुनः बिक्री गर्ने तर बिक्री वापतको रकम ठगेर बेपत्ता भएका एक जनालाई प्रहरीले समातेको छ । जग्गा किर्ते र ठगी गरेको आरोपमा धरान नगरपालिका ९ घर भई हाल काठमाडौंको ३२ वडामा बस्दै आएका रुसिल कटुवाल पक्राउ परेका हुन् ।
मोरङ केराबारी गाउँपालिका ६ घर भएका धिरजकुमार दाहाल र कटुवालले नुवाकोट तारकेश्वर २ का उद्धवप्रसाद अधिकारीलाई मोरङ केराबारीको जग्गा बिक्री गरेका थिए ।
अधिकारीले पनि बिक्री वापत ६८ लाख ९० हजार रुपैयाँ दिए । तर जग्गा पासै नगरी सम्पर्कविहीन भए…