भक्तपुरमा कौडाको खालबाट १५ जुवाडे समातिए, अढाइ लाख बरामद

भक्तपुरमा कौडाको खालबाट १५ जुवाडे समातिए, अढाइ लाख बरामद

चाडपर्वको मौका छोपेर कौडा खेल्ने र खेलाउने १५ जनालाई प्रहरीले समातेको छ । जुवा खेल्ने र खेलाउनेहरुलाई राति २ बजे भक्तपुरको मंगोलियन वेव रेष्ट्रो एण्ड बारबाट नियन्त्रणमा लिइएको हो ।

चाँगुनारायण नगरपालिका ६, बेशीटोलस्थित दिपककुमार तामाङले सञ्चालन गरेको उक्त बारभित्र लाखौंको खाल जमेको सुराकीको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले सञ्चालक तामाङसहित १५ जनालाई रंगेहात समातेको हो ।

प्रहरी निरीक्षक सुदन के.सी.को कमाण्डमा खटिको टोलीले मंगोलियन वेव रेष्ट्रो एण्ड बारमा छापा मार्दा बारका सञ्चालक कुमार तामाङ, स्थानीय ४२ वर्षे धनबहादुर तामाङ, २४ वर्षका वीरबल तामाङ, २६ वर्षीय शुक्रे तामाङ, २१ वर्षका राजकुमार तामाङ, २९ वर्षका सञ्जय तामाङ पक्राउ परेका हुन् ।

त्यसैगरी ३० वर्षे सोनाम लामा, ३५ वर्षका मनकुमार तामाङ, ३६ वर्षे दिलिपकुमार तामाङ, ३९ वर्षीय राजकुमार थिङ, ३२ वर्षका बील भन्ने वीरबहादुर तामाङ, २४ वर्षका कुमार तामाङ, ३५ वर्षे सुरज लामा, वर्ष ३४ का दिलिप तामाङ र गोरखा जरङ गाउँपालिका ४ घर भई, हाल भक्तपुर बस्ने ३७ वर्षीय सुमन गुरुङलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको अवस्थामा पक्राउ पर्दा उनीहरुको साथबाट २० थान कौडा, दुई रुपैँयाको सिक्का पैंतिस वटा र दुई लाख ६८ हजार तीन सय ९० रुपैयाँ बरामद भएको छ ।

टिप्पणीहरू